प्रधानमन्त्रीलाई बालेनले भनेः लोकतन्त्रले जितेको छ आमा !

काठमाडौं । रास्वापका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जित हासिल गरेको बताएका छन् ।

बिहीबार देशभर मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री कार्कीको तस्वीर सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा ।’

सुशीला कार्की जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी हुन् । उनको नेतृत्वमा देशभर मतदान प्रक्रिया सम्पन्न भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =