मण्डला थिएटरमा नाटक ‘मोक्षदा’को विशेष शो (तस्बिरहरू)

काठमाडौं । थापागाउँस्थित मण्डला थिएटरमा नृत्य नाटक ‘मोक्षदा’को मञ्चन सुरु भएको छ । सन् २०१९ को नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव र सन् २०२५ को फेब्रुअरीमा सम्पन्न भएको २५ औँ भारत रङ्ग महोत्सवमा नयाँ दिल्ली र पटनामा यो नाटक मञ्चन गरिएको थियो ।
रङ्गकर्मी सोमनाथ खनाल निर्माता रहेको नारीप्रधान यो नाटकमा कलाकारहरू सुम्नीमा साम्पाङ, ग्लोरी थापा, कृपा बज्राचार्य, मनिषा बस्नेत र रोज महर्जनको अभिनय रहेको छ । नाटकमा नृत्यमार्फत परम्पराको नाममा, संस्कार र संस्कृतिको नाममा, सम्बन्धको नाममा महिलाको स्वतन्त्रतामाथि हुने बन्देज र तिरस्कारविरुद्ध आवाज उठाइएको छ ।
नम्रता केसीले निर्देशन गरेको यो नृत्य नाटकमा लोक, कथक, समकालीनलगायत विभिन्न नृत्य शैली सम्मिश्रण गरेर फरक स्वाद दिने प्रयास गरिएको छ । नाटक फागुन १६ गते शनिबार दिउँसो ३ बजे र साँझ ५:३० बजे अनि १७ गते साँझ ५:३० बजे गरी ३ शो मञ्चन गरिनेछ ।
तस्बिरहरू :-









