बालेनलाई भोट माग्न झापा जाँदै रवि, इटहरीको सभामा दुवैले सम्बोधन गर्ने तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी प्रचारप्रसारका लागि आज झापा जाँदैछन् । पार्टीका उम्मेदवारहरूको पक्षमा जनमत सिर्जना गर्न उन झापा जान लागेको उनको सचिवालयले जनाएकाे छ ।

लामिछानेसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) समेत चुनावी कार्यक्रममा सहभागी हुनेछन् । सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार सभापति लामिछाने मङ्गलबार बिहान ८ बजे चन्द्रगढी विमानस्थल पुग्नेछन् । विमानस्थलबाट उनीहरू सिधै चुनावी कार्यक्रमहरूमा सहभागी हुन निस्कनेछन् ।

प्राप्त विवरणअनुसार लामिछाने बिहान पौने ९ बजे काँकडभिट्टा पुग्ने कार्यक्रम छ । त्यसैगरी, ९ बजे धुलाबारी रोड, साढे ९ बजे बिर्तामोड र १०:२० मा सुरुङ्गा चोकमा आयोजना हुने सभाहरूलाई उनले सम्बोधन गर्नेछन् । झापाको अन्तिम कार्यक्रमका रूपमा उन बिहान ११ बजे दमक पुग्ने तालिका रहेको सचिवालयले जनाएकाे छ ।

झापाका विभिन्न स्थानमा हुने घरदैलो र कोणसभा सकेर लामिछाने र शाह आजै सुनसरीको इटहरी जानेछन् । रास्वपाले आजै इटहरीमा बृहत् चुनावी सभाको आयोजना गरेको छ । उक्त सभालाई रवि र बालेन दुवैले सम्बोधन गर्नेछन् ।

लामिछाने आफैँ पनि चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक उम्मेदवार बनेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिइरहेका उन पार्टीका अन्य उम्मेदवारलाई सघाउन देशका विभिन्न स्थानमा पुगिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =