टुँडिखेलमा यसरी मनाइयो ७६औं प्रजातन्त्र दिवस (तस्बिरहरू)

काठमाडौं । नेपालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्र बहाली भएको ऐतिहासिक दिनको स्मरण गर्दै देशभर ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइएको छ । यसै सिलसिलामा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा एक विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्की लगायत राज्यका उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहेको थियो । सैनिक मञ्चमा आयोजित कार्यक्रममा नेपाली सेनाले सलामी अर्पण गर्नुका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले विभिन्न कौशल तथा मार्चपास प्रदर्शन गरेका थिए ।

कार्यक्रममा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकीहरू पनि प्रस्तुत गरिएको थियो । २००७ साल फागुन ७ गते नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको सम्मानमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा समेत दिएको छ ।

राजधानी बाहेक देशका विभिन्न भागहरूमा पनि विविध रचनात्मक कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ । नेपाली इतिहासमा फागुन ७ गतेलाई निरङ्कुश शासन व्यवस्थाको अन्त्य भई नागरिक स्वतन्त्रताको प्रादुर्भाव भएको एउटा अविस्मरणीय र गौरवपूर्ण दिनका रूपमा लिने गरिन्छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =