तस्बिरमा हेर्नुहोस् काठमाडौं-३ मा रास्वपा उम्मेदवार राजुनाथ पाण्डेको चुनावी राप

काठमाडौं । निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी रौनक थप चुलिएको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजुनाथ पाण्डेले आफ्नो चुनावी अभियानलाई अगाडि बढाएका छन् ।

बुधबार उम्मेदवार पाण्डेले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ आसपासका क्षेत्रमा बृहत् घरदैलो कार्यक्रम सम्पन्न गरे । ऐतिहासिक तथा धार्मिक स्थल गोकर्णेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरी सुरु भएको उक्त अभियानमा स्थानीय मतदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

घरदैलोका क्रममा उम्मेदवार पाण्डेले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै यसपटकको निर्वाचन ‘परिवर्तन र सुशासन’का लागि भएको बताए । उनले पुराना दलहरूको कार्यशैलीबाट जनता आजित भइसकेको उल्लेख गर्दै आफ्नो उम्मेदवारी काठमाडौं-३ को मुहार फेर्नका लागि भएको दाबी गरे ।

मन्दिर परिसरबाट सुरु भएको घरदैलोमा रास्वपाका कार्यकर्ताहरूले ‘घण्टी’ चुनाव चिह्न अंकित झण्डा र ब्यानर बोकेर टोल-टोल परिक्रमा गरेका थिए । मतदाताहरूले पाण्डेलाई स्वागत गर्दै विशेषगरी युवा स्वरोजगार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सुझाव दिएका थिए । कार्यक्रममा रास्वपाका स्थानीय नेता, युवा परिचालन कमिटीका सदस्यहरू र ठूलो संख्यामा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =