तस्बिरमा हेर्नुहोस् काठमाडौं-३ मा कांग्रेसको भव्य चुनावी घरदैलो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यस क्षेत्रका मतदातालाई आफ्नो पक्षमा पार्न राजनीतिक दल र उम्मेदवारहरूले प्रचारप्रसार र घरदैलो अभियानलाई सघन बनाएका छन् ।

यसैक्रममा, नेपाली कांग्रेसका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रमेश अर्यालले आज गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ आसपासका क्षेत्रमा भव्य घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय चामुण्डा भगवती मन्दिरमा पूजाअर्चना गरी सुरु भएको उक्त अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

घरदैलोका क्रममा उम्मेदवार अर्यालले मतदाताको घर-आँगनमा पुगेर स्थानीय समस्याहरू सुन्दै आफूलाई विजयी गराउन आग्रह गरे । उनले यस क्षेत्रको विकास, पूर्वाधार निर्माण र जनजीविकाका सवालमा आफू सधैं प्रतिबद्ध रहने विश्वास दिलाए ।

अभियानमा नेपाली कांग्रेसका पूर्व सांसद एवं क्षेत्रीय सभापति सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका मेयर एवं क्षेत्रीय सचिव दीपक कुमार रिसाल लगायतका प्रभावशाली नेताहरूको उपस्थिति रहेको थियो । कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधि र पार्टीका विभिन्न तहका कार्यकर्ताहरूले ‘जय नेपाल’ को नारा लगाउँदै उम्मेदवार अर्यालको पक्षमा जनमत सिर्जना गरेका थिए । घरदैलोमा देखिएको जनसहभागिता र उत्साहले चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =