सिँगारिँदै पाशुपत क्षेत्र (तस्बिरहरू)

काठमाडौं । पाशुपत क्षेत्र यतिबेला बेहुलीझैँ सिँगारिँदै छ । आगामी फागुन ३ गते पर्ने महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरी तयारीलाई तीव्रता दिएको हो ।

पशुपतिनाथ मन्दिर, आसपासका शिवालयहरू र घाट क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका कामहरूले पशुपति क्षेत्रमा नयाँ रौनक थपेको छ । भक्तजनलाई सहज र सुरक्षित रूपमा दर्शन गराउने उद्देश्यका साथ पशुपति क्षेत्रका भित्ताहरूमा नयाँ रङ भरिँदै छ ।

धुलोमैलो हटाउन विशेष सरसफाइ अभियान चलाइएको छ भने जीर्ण भएका भौतिक संरचनाहरूको मर्मत सम्भार भइरहेको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीका अनुसार, व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ र यातायात जस्ता महत्त्वपूर्ण पक्षहरूलाई नौवटा विषयगत उपसमितिहरूले सूक्ष्म रूपमा नियालिरहेका छन् ।

यस वर्षको शिवरात्रि पर्वलाई व्यवस्थित र मर्यादित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । ठूलो सङ्ख्यामा आउने स्वदेशी तथा विदेशी भक्तजनको चापलाई मध्यनजर गर्दै सुरक्षाकर्मी र स्वयंसेवकहरूको परिचालनमा विशेष ध्यान दिइएको छ ।

महाशिवरात्रि नजिकिँदै जाँदा पशुपति क्षेत्रमा साधु-सन्तहरूको चहलपहल निकै बढेको छ । नेपालका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट आएका नागा, अघोरी र अन्य सम्प्रदायका साधुहरूले आफ्ना धुनी स्थापना गर्न थालेका छन् । मृगस्थली, भष्मेश्वर र आसपासका क्षेत्रमा साधुहरूको ध्यान र साधनाले वातावरणलाई थप आध्यात्मिक बनाएको छ ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 4 =