चौथो आश्रय कप फुटबल प्रतियोगिता सुरु (तस्बिरहरू)

काठमाडौं । लागुऔषध दुर्व्यशनीहरुको सुधार तथा पुनस्र्थापनाको लागी खोलिएको विभिन्न ‘रिह्याब’ केन्द्रहरू विच हुने ‘चौथो फाइभ ए साइड अन्तर रिह्याब फुटबल प्रतियोगिता २०८२’ आजदेखि सुरु भएको छ ।
गोकर्णेश्वर नगरपालिका १ वीपी चोकमा अवस्थित ‘आश्रय समूह’ सुधार केन्द्रको आयोजनामा संचालित प्रतियोगितामा आयोजक आश्रय को दुई टिम, मोफसलबाट धरान र बुटवलका एक एक टिम गरी कुल १५ वटा टिम सहभागी भएका छन् ।
प्रतियोगिताको आज एक कार्यक्रम बीच निवर्तमान अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका छन् । गोकर्णेश्वर नगरपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगमा संचालित प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः १ लाख र ५० हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, अनुशासित टिम, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्था आश्रय समूहका निर्देशक छिरिङ शेर्पाले जानकारी दिए ।
सन् २०१२ मा स्थापना भएको आश्रय समूहले युवाहरू माझ लागु औषध र मादक पदार्थ सेवनको विरुद्ध जनचेतना आयोजना गर्ने हिसाबले विगत ४ बर्षदेखी प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगितामा आज भएको उद्घाटन खेलमा आयोजक आश्रय बि ले सानू प्रकाशलाई सुन्यका विरुद्ध ६ गोल गर्दै विजयी सुरुवात निकालेको छ ।
‘लिग कम नकआउट’ को आधारमा खेलाइने खेलको अन्तिम खेल माघ १५ गते हुनेछ ।
तस्बिरहरुः–









