सरकारले सिंगो पार्टीलाई निर्वाचनमा जाने वातावरण बनाएन: विप्लप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीलाई निर्वाचनमा जाने वातावरण नबनाएको आरोप लगाएका छन् ।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले आफूहरू चुनावमा जाने तयारी गरिरहँदा सरकारले कम्युनमा छापा मारेर गम्भीर षडयन्त्र गरेको आरोप लगाए । काठमाडौँमा हराएका हतियार फेला पार्न नसक्ने सरकारले आफ्नो पार्टीका कम्युनमा प्रहरी परिचालन गरेर बहादुरी प्रदर्शन गरेको उनको भनाई छ । राज्यले आफूहरूको कम्युनमा बम रहेको भन्ने गलत प्रचार गरेर पार्टीको बदनामी गरेको उनले बताए । यो सबै साम्राज्यवादको इशारामा दलाल शक्तिहरूले चालिएको षड्यन्त्र भएको उनको दाबी छ ।

उनले भने ‘अहिले पनि राज्यले हामीलाई चुनावमा जाने वातावरण त बनाएन त रु बनाएन नि त । नेकपा माओवादी सर्लक्क जाने वातावरण बनायो त रु हामी दर्ता गर्दैछौँ पार्टी, हामी समानुपातिकको दर्ता गर्दैछौँ । हामी पार्टी दर्ता गर्दैछौँ । तर हाम्रो कम्युनमा किन गएको रु सुशीलाको सरकारले बोल्नु पर्दैन । काठमाडौँमा हराएको हतियार खै रु काठमाडौँमा आजकल चोकमा हेर्नुभयो भने पुलिस विना हतियार त्यतिकै टेक्ने लठ्ठी पनि छैन । तिनले केही रोक्दा पनि रोक्दैनन्, आजकल पुलिसहरू यति डेमोरलाईज छ की चोकमा फिलिलि हिँडिरहेको छ, मान्छेहरू । यहाँ यस्तो हालत छ, तर यो राज्यको पुलिसलाई हाम्रो कम्युनमा किन पठाएको ? यो के साँचैको गम्भीर प्रश्न होइन ? मान्छेले के भने भने तपाईँहरूको आलु होइन बम फल्यो रे ! बम फल्यो कि आलु फल्यो हेर्न त्यसलाई कसले भन्यो, अहिले ? हाम्रो कम्युनमा के फल्छ भन्ने त्यसलाई के चासो ? काठमाडौँमा आफ्नो हराएको हतियार खोज्न नसक्ने सरकारलाई हाम्रो कम्युनमा के भइरहेको छ, भन्ने कुरा गर्न मिल्छ ? यो साम्राज्यवादको इसारामा दलालहरूले चालेको षडयन्त्र होइन यो ?’

उनले सिंगो पार्टी निर्वाचनमा भाग लिने तयारीमा रहेको भएपनि राज्यको व्यवहारकै कारण त्यो सम्भावना नरहेको बताए । उनले निर्वाचन र आन्दोलन दुवैको माध्यमबाट आफूहरूको रणनीति रहेको उल्लेख गरे । सोहीअनुसार पार्टी सरकारले निर्वाचनको वातावरण नबनाए पनि फागुन २१ गते हुने निर्वाचनको लागि सहभागी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =