धुम्म बन्यो काठमाडौंको आकाश (तस्बिरहरू)

काठमाडौं । शनिबार बिहानैदेखि काठमाडौं उपत्यकाको आकाश धुम्म बनेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बाक्लो बादल र वायुमण्डलमा देखिएको तुवाँलोका कारण उपत्यकाको मौसम प्रतिकूल देखिएको हो ।
देशको पश्चिमी तथा हिमाली क्षेत्रमा भइरहेको वर्षा र हिमपातका कारण काठमाडौंको मौसममा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । बिहानैदेखि सूर्यको किरण धर्तीमा पर्न नसक्दा उपत्यकाबासीले केही बढी चिसो महसुस गरेका छन् ।
मौसमविद्हरूका अनुसार यो धुम्मपना अझै केही समय कायम रहने देखिएको छ । विभागले आइतबारदेखि काठमाडौं उपत्यकामा हल्का वर्षा हुने सम्भावना रहेको प्रक्षेपण गरेको छ । वर्षा भएमा मात्र वायुमण्डलमा रहेको धुलोका कण र बादल हटेर आकाश खुल्ने अनुमान गरिएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपादेखि शहरी क्षेत्रका घना बस्तीहरू बादलको घुम्टोभित्र लुकेको आभास हुन्छ । आकाश खुलेको समयमा स्पष्ट देखिने अग्ला पहाड र टाढाका दृश्यहरू आज हराएका छन् ।
तस्बिरहरू :-









