जनताले विध्वंस मच्याउनेहरुलाई निर्वाचनमा पराजित गर्नुपर्दछ: देवेन्द्र दाहाल

काठमाडौँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले आसन्न निर्वाचनमा देश निर्माण गर्ने राजनीतिक दलहरूलाई विजयी गराउन आम मतदाताहरूलाई आग्रह गरेका छन् ।
शुक्रवार राष्ट्रिय सभाको १९ औ अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता दाहालले देशलाई ध्वंस बनाउनेहरूलाई मतदान गर्ने कि देश निर्माण गर्नेलाई भन्ने विषयमा नेपाली जनताले सही र सटिक विश्लेषण गरेर मतदान गर्नुपर्ने बताए । उनले देशमा ध्वंस मच्चाउनेहरूलाई निर्वाचनमा विजयी गराउने काम गर्न नहुने समेत बताए ।
नेता दाहालले भने ‘यो निर्वाचन एउटा परीक्षा हो जनताका लागि । जसले यो देश बनाउनेलाई, निर्माण गर्नेलाई मतदान गर्ने कि अथवा यो देश ध्वंस बनाउने रु जनताले सही मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ । त्यसमा जनताले सही र सटिक निर्णय गर्नुहुनेछ भन्ने विश्वास राखेको छ । ’
नेता दाहालले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यसको पुनः स्थापनमा जोड दिनुपरेको बताए ।








