‘अरू काम पाइँदैन पो !’ (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरमा इट्टाभट्टाका मजदुरहरू घाटाको काम बाध्य छन् । रोजगारी अभावका कारण आफूहरू घाटामा काम गर्न बाध्य भएको उनीहरूको भनाई छ ।

काभ्रेपलाञ्चोक भकुण्डेबेसिका भैरव तामाङ सपरिवार सहित यतिखेर भक्तपुर दुवाकोट स्थिति इट्टाभट्टामा इट्टा बनाउने काम गर्छन् । उनले करिब ८/१० वर्ष पछि फेरि इट्टा बनाउने काम सुरु गरेका हुन् ।

उनी यस कामबाट फाइदा नहुने बताउँछन् । उनका अनुसार १ हजार इट्टा बनाए बापत उनीहरूले रु १२ सय ५० पाउने गरेका छन् । तर बिहान १ बजे उठेर इट्टा बनाउँदा पनि दुई जनाले एक दिनमा करिब १५ सय मात्र इट्टा बनाउने हुँदा मेहनत अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ ।

‘फाइदा नभए पनि किन यो काम गर्नुहुन्छ ?’ भन्ने प्रश्नमा उनी जवाफ दिन्छन् ‘अरू काम पाइँदैन पो !’

‘एका बिहानै उठ्दा गाह्रो हुँदैन ?’ भन्ने प्रश्न तेर्सिन साथ मजदुर तामाङकी पत्नीले जवाफ दिइन् ‘छ महिना काम गरेर ६ महिना खान पर्छ । निन्द्रा लाग्छ, जाडो हुन्छ । तर के गर्नु , काम गर्नुपर्यो । खानु पर्यो । बच्चाहरू छ । अरू काम पाइदैँन् ।’

उनीहरूले अफसिजनमा गाउँघरमा नै खेतीपाती गर्ने बताए ।

त्यसैगरि काभ्रेपलाञ्चोक भकुण्डेबेसिका इन्द्र कुमार लामा पनि एक्लै इट्टा बनाउन यहाँ आएका छन् । उनले दिनमा करिब १२-१३ सय इट्टा बनाउँछन् । उनका अनुसार इट्टा बनाउने काम सधैँ गर्न सकिदैँन् ।

उनी इट्टाभट्टामा काम गर्नु भन्दा खेतीपातीमा नै फाइदा रहेको बताउँछन् ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =