राप्रपाले १६० क्षेत्रका उम्मेदवारको नाम टुंग्यायो, कहाँबाट को ? (सूचीसहित)

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले आफ्नो चुनावी तयारीलाई तीव्र पार्दै देशभरका १६० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । प्रवक्ता मोहन श्रेष्ठका अनुसार बाँकी ५ क्षेत्रको निर्णय पनि आजै बिहानसम्म भइसक्ने र सबै उम्मेदवारहरू मनोनयनका लागि आ-आफ्नो क्षेत्रमा पुगिसकेका छन्  ।

निर्वाचनको सरगर्मी बढिरहेका बेला राप्रपाले सार्वजनिक गरेको उम्मेदवारहरूको सूचीमा अनुभवी नेतादेखि नयाँ र युवा अनुहारसम्मको समिश्रण देखिएको छ । झापा-३ बाट अध्यक्ष राजेन्द्र लिङ्देन, काठमाडौँ-१ बाट रवीन्द्र मिश्र र जुम्लाबाट ज्ञानेन्द्र शाही जस्ता चर्चित पात्रहरू मैदानमा उत्रिँदै छन्  ।

राप्रपाका १६० क्षेत्रका उम्मेदवारहरूको पूर्ण सूची :-

जिल्ला/क्षेत्रउम्मेदवारको नामजिल्ला/क्षेत्रउम्मेदवारको नाम
ताप्लेजुङइन्द्र प्रसाद थापापाँचथरतेज कुरुम्वाङ
इलामज्वाला नेपाल दाहालझापा–१हेमराज कार्की
झापा–२स्वागत नेपालझापा–३राजेन्द्र प्रसाद लिङ्देन
झापा–४भक्ति प्रसाद सिटौलाझापा–५लक्ष्मी प्रसाद संग्रौला
संखुवासभापदम बहादुर तामाङ्गतेह्रथुमटंक प्रसाद अधिकारी
भोजपुरजनक नेपालधनकुटाबिभत्सु थापा
मोरङ्ग–१पुर्ण बहादुर वाइवामोरङ्ग–२बंशराज राजवंशी
मोरङ्ग–३प्रेम सुवेदीमोरङ्ग–४रवि रिजाल
मोरङ्ग–५कुमुद रायमोरङ्ग–६गोपाल बहादुर क्षेत्री कटुवाल
सुनसरी–१उद्धव श्रेष्ठसुनसरी–२दिनेश कुमार बस्नेत
सोलुखुम्बुराजेन्द्र बस्नेतओखलढुंगाडिक प्रसाद बास्तोला
उदयपुर–१सुभाष चन्द्र खड्कासप्तरी–१सत्यजित कुमार झा
सप्तरी–३उम्देश्वर साहसप्तरी–४रुपक न्यौपाने
सिराहा–१वासुदेब साहसिराहा–२जागेश्वर महत्तो
सिराहा–३विनोद कुमार यादवसिराहा–४शुभेन्द्र कुमार साह
धनुषा–१मनोज मल्ल ठकुरीधनुषा–२सुरेश मण्डल
धनुषा–३बिरेन्द्र प्रसाद लाल कर्णधनुषा–४बिरेन्द्र कुमार महत्तो
महोत्तरी–२नवीन ठाकुरमहोत्तरी–३राजेश्वर राय यादव
महोत्तरी–४शिव शंकर यादवसर्लाही–१राजेन्द्र प्रसाद मैनाली
सर्लाही–२ज्ञानेन्द्र महत्तोसर्लाही–३ढोलाराम वाराकोटी
सर्लाही–४विन्ति प्रसाद चौधरीबारा–१लक्ष्मी साह कलवार
बारा–२लाल बहादुर प्रसाद तेलीबारा–४दिलीपकुमार शर्मा नेपाल
पर्सा–१नन्दकिशोर प्रसाद श्रीवास्तवपर्सा–२विना जैसवाल
पर्सा–३सुमेश्वरनाथ उपाध्यायपर्सा–४शान्त कुमार जोशी
दोलखाप्रविण कुमार थोकर तामाङसिन्धुली–१ई. इन्द्र कुमार श्रेष्ठ
सिन्धुली–२प्रा.डा. मुकुन्द प्रसाद गजुरेलनुवाकोट–१विमल थापा
काठमाडौँ–१रवीन्द्र मिश्रकाठमाडौँ–२कुन्ती देवी पोखरेल
काठमाडौँ–३डा. सुन्दर सिंह बोहोराकाठमाडौँ–४डा. सुरेन्द्र भण्डारी
काठमाडौँ–५कमल थापाकाठमाडौँ–६उद्धव राज भेटवाल
काठमाडौँ–७लालकुमार लामाकाठमाडौँ–८नवीन साही
काठमाडौँ–९दिलीप कुमार कार्कीकाठमाडौँ–१०बलराम थापा
भक्तपुर–१भरत बहादूर खडकाभक्तपुर–२विक्रम थापा
ललितपुर–१ई. सजिना कार्कीललितपुर–२रघुबर राज थापा
ललितपुर–३सबिन खड्कानुवाकोट–२झनक प्याकुरेल
काभ्रे–१नबराज सत्यालकाभ्रे–२रन्जिब श्रेष्ठ
सिन्धुपाल्चोक–१राममणि न्यौपानेसिन्धुपाल्चोक–२ई. गोपीकृष्ण चौलागाई
मकवानपुर–१दीपक बहादुर सिंहमकवानपुर–२राम बहादुर थोकर
चितवन–१बलराम खनालचितवन–२रीना गुरुड
चितवन–३विक्रम पाण्डेमनाङ्गकुबेर सिंह गुरूङ्ग
लमजुंगमेघ बहादुर गुरूङ्गकास्की–१बाबुराम थापा
कास्की–२हेमजंग गुरूङ्गकास्की–३अर्जुन खनाल
तनहुँ–१अभिषेक जोशीतनहुँ–२यम बहादुर खाँण ठकुरी
स्याङ्जा–१हुकुम बहादुर रानास्याङ्जा–२रबिन पाठक
नवलपरासी(पू)–१दीपक कुमार वास्ताकोटीनवलपरासी(पू)–२रून कुमारी महतो
मुस्तांगकमला लालचनम्याग्दीडम्बर बहादुर सुबेदी
बागलुङ–१कल्याण विक्रम आचार्यबागलुङ–२अञ्चल शाही ठकुरी
पर्वतयादव राज पाण्डेगुल्मी–१अजित कुमार श्रेष्ठ
गुल्मी–२जनक सेनपाल्पा–१वृहस्पति अर्याल
पाल्पा–२नारायण प्रसाद कोईरालाअर्घाखांचीकविन्द्र फुल्लेल
रुपन्देही–१प्रज्वल बोहरारुपन्देही–२कार्भिका थापा
रुपन्देही–३गौरव बोहोरारुपन्देही–५मीन प्रसाद घिमिरे
कपिलवस्तु–१ध्रुब बहादुर रायमाझीकपिलवस्तु–२बिष्णु प्रसाद भण्डारी
रुकुम पूर्वकेशव चन्द्र समालरोल्पापूर्ण बहादुर घर्ती मगर
प्यूठानसुभाष पण्डितदाङ–१बिनय बुढाथोकी
दाङ–२यादव बहादुर श्रेष्ठदाङ–३दामोदर भण्डारी
बाँके–१प्रदीप कुमार शाहबाँके–२ऋषिराज देवकोटा
बाँके–३तारक सिंह थारूबर्दिया–१हेमन्त प्रकाश गिरी
बर्दिया–२विनय रावलनवलपरासी(प)–१नवनित कुमार मिश्र
नवलपरासी(प)–२ध्रुब बहादुर प्रधानसल्यानअनिशा नेपाली
डोल्पाहरिप्रसाद डाँगीमुगुबल बहादुर मल्ल
जुम्लाज्ञान बहादुर शाहीकालिकोटसुर्यबहादुर शाह
जाजरकोटकृष्ण विक्रम शाहदैलेख–१कुन्ती कुमारी शाही
दैलेख–२बबिता शाहीसुर्खेत–१रवि किरण हमाल
सुर्खेत–२कविराम पुरीरुकुम पश्चिमगोपाल खड्का
बाजुराजंग कुमार गिरीअछाम–१लोकेन्द्र बहादुर शाह
अछाम–२तेज बहादुर थापाबझाङविश्व प्रकास जेठारा
डोटीखडग प्रसाद अग्रवालकैलाली–१लोकेन्द्र कुँवर
कैलाली–२भरत सिंह वि.सी.कैलाली–३वीरेन्द्र बम
कैलाली–४कमल बम रजवारकैलाली–५रोशन शाही
दार्चुलाराजेश बहादुर चन्दबैतडीभुपेन बहादुर चन्द

निर्वाचन आयोगले तोकेको आजको कार्यतालिका अनुसार यी सबै उम्मेदवारहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनेछन् । राप्रपाले बाँकी रहेका ५ क्षेत्रको नाम पनि केही समयमै आधिकारिक रूपमा घोषणा गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =