कांग्रेस सभापतिमा गगन थापाको एकल उम्मेदवारी

दोस्रो विशेष महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समिति स्रोतका अनुसार निर्धारित समयभित्र सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेको हो ।

सभापतिमा थापासँगै अन्य सबै पदाधिकारी पदका लागि पनि मनोनयन दर्ता भइसकेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता गर्नुअघि पार्टीभित्र सहमतिको प्रयास भए पनि त्यो सफल हुन सकेन । बुधबार बिहान सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सहमतिका लागि निर्णायक वार्ता गरेका थिए । तर, नेतृत्वको विषयमा कुरा नमिल्दा वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो ।

मनोनयन दर्तापछि विकसित राजनीतिक र वैधानिक परिस्थितिलाई मध्यनजर गर्दै महामन्त्रीद्वय थापा र शर्माले कानुनविद्हरूसँग सघन परामर्श गरिरहेका छन् । उम्मेदवारी दर्ताको प्रक्रिया र विधानको व्यवस्थाबारे थप प्रष्ट हुन उनीहरू कानुन व्यवसायीहरूसँग छलफलमा जुटेका हुन् ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयनका लागि तोकिएको समयसीमा सकिएको छ । ‘हामीले मनोनयन दर्ताको प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेका छौं,’ संयोजक केसीले भने, ‘दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक नामावली आजै दिउँसो १ बजे सार्वजनिक गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =