विशेष महाधिवेशन पक्षधर कार्यसमिति बैठकमा नजाने
२०८२ पुस २९ गते

काठमाडौं । भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले संस्थापन पक्षद्वारा डाकिएको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कार्यबाहक सभापति पूर्णबहादुर खड्काले आज बिहान ११ बजेका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने अडान असन्तुष्ट पक्षले लिएको हो ।
विवाद समाधानका लागि आफूहरूले वार्ता टोली गठन गरेको र सो टोलीमार्फत सहमति नजुटेसम्म बैठकमा जान नसकिने उनीहरूको निष्कर्ष छ । विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार, वार्ता समितिमा कुरा नमिलेको खण्डमा आफूहरू कठोर निर्णय लिन बाध्य हुनेछन ।
२०८२ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








