पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

राजविराज । पूर्वसांसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको आज निधन भएको छ ।

उनको सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ स्थित निजी निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

पचासी वर्षको उमेरमा चौधरीको निधन भएको राष्ट्रिय मुक्ति पार्टीका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिए । चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित उनि ऊर्जा, सिँचाइ र जलस्रोत राज्यमन्त्रीसमेत बनेका थिए । पछिल्लो पटक राष्ट्रिय मुक्ति पार्टीमा उहाँ कार्यकारिणी समितिमा थिए । चौधरीका दुई छोरा र दुई छोरी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =