उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनका लागि उम्मेदवारी आह्वान

काठमाडौं । उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी आह्वान गरेको छ ।

पार्टीले आफ्नो चुनाव चिह्नबाट निर्वाचन लड्न इच्छुक व्यक्तिहरूलाई यही पुस ३० गतेभित्र सम्पर्क गर्न आग्रह गरेको हो ।

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको एकताको सहमति भंग भएपछि पार्टीले उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो ।

यद्यपि, समानुपातिक निर्वाचन प्रणालीतर्फ भने उज्यालो नेपाल पार्टी सहभागी नहुने जनाइएको छ । निर्वाचन आयोगका पदाधिकारीहरूका अनुसार समयसीमाभित्र पेश गरिएको समानुपातिक उम्मेदवार सूची फिर्ता भइसकेको र हाल उज्यालो नेपाल पार्टीका सदस्यहरू रास्वपाको सूचीमा समावेश रहेको अवस्था छ ।

यसका कारण उज्यालो नेपाल पार्टीका तर्फबाट समानुपातिक प्रणालीमा उम्मेदवार नपर्ने देखिएको आयोग स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + four =