समस्याग्रस्त सहकारीको समस्या समाधान गर्न एउटा मात्रै समितिले पुग्दैन: मन्त्री इङ्नाम

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले काम गर्न नसकेको बताएका छन् ।

मन्त्रालयमा सहकारीपिडितहरुसँग शनिवार भएको छलफलका क्रममा उनले वर्तमान समितिले मात्रै सहकारी समस्या समाधान गर्न नसक्ने बताएका हुन् ।

उनले २३ वटा सहकारीमा ४५ अर्ब रुपैयाँ भन्दा बढी व्यवस्थापन गर्नपर्ने बताए । यति ठुलो रकमको व्यवस्थापन गर्नको लागि ७ जनाको समितिले तत्काल काम गर्न नसक्ने उनको भनाई छ ।

उनले समस्या समाधान गर्नको लागि समितिमा थप सदस्य थप्नुपर्ने अथवा समिति नै अन्य ४र५ वटा बनाउनुपर्ने बताए । दक्ष जनशक्ति थप गरेमा पनि केही काम छिटो हुने उनको भनाई छ । अनुभवको कमी, धेरै अधिकार लगायतका कारण समिति सहकारी पीडितको भावनाअनुसार काम गर्न अलमलमा परेको हुनसक्ने उनले बताए ।

उनकाअनुसार समितिलाई बयान लिने, सम्पत्ति जफत गर्ने, मूल्याङ्कन गर्ने लगायतका सम्पूर्ण अधिकार दिइएको छ । सहकारीबाट सम्पूर्ण डाटा ल्याएर मूल्याङ्कन गर्ने दक्षता नभएर समस्या भएको हो की रु भन्ने प्रश्न समेत उनले उठाए । उनले हालसम्म समितिले ४ अर्ब १२ करोड रुपैयाँ व्यवस्थापन गरेको जानकारी दिए ।

उनकाअनुसार २० वटा सहकारीका ७४ हजार ३ सय ७ पीडित बचतकर्ताको रकम व्यवस्थापन गर्न बाँकी छ ।

उनले भने ‘यो समस्याग्रस्त जुन संख्यामा देखियो, अहिले २३ वटामा ४५ अर्ब बढीको दायित्व देखिन्छ । ४५ अरबमा ३/४ अरबको दायित्व सेटल भएको देखियो । अहिले ४ अर्ब १२ करोड रुपैयाँको सेटल भयो । यो समिति ३ अर्ब २९ करोडको सेटलमेन्ट गरेको छ । बाँकी यो भन्दा अगाडीको समितिले गरेको देखिन्छ । अहिले पनि थुप्रै सेटलमेन्टहरु बाँकी छ । अझै २० वटा समस्याग्रस्त सहकारीका थुप्रै संख्यामा रहेका पीडितहरू छन् । झन्डै ७४ हजार ३०७ पीडित बचतकर्ता अझै पनि हुनुहुन्छ । यो ठुलो एमाउन्टको रकम व्यवस्थापन गर्नको लागि ७ जनाको समितिले अलि लामोसमय लाग्ने खालको देखिन्छ । अहिले मैले देखेको यो एउटा मात्रै समितिले यो समाधान छिटो गर्न सक्दैन । यो चाहिँ ४/५ वटा समिति भइदियो भने कर्मचारीको संख्या पनि थपेर गरेमा अलि छिटो हुने देखिन्छ । एउटा संख्या कम भएर, दोस्रो यो समितिले जुन स्प्रिडमा पीडितहरूको भावना छ, त्यो भावनाअनुरका काम गर्न सक्नुभएन । तेस्रो, यो नयाँ प्रयोग पनि भयो, समितिलाई सबै अधिकार दिइयो, सबै अधिकार दिएपछि उहाँहरू केही हदसम्म अलमलिएको हो की जस्तो देखियो । किनभने बयान बकपत्र गनै पनि दिएकै छ, सम्पत्ति जफत गर्न पनि दिएकै छ । मूल्याङ्कन गर्न पनि दिएकै छ, बैङ्कहरू हेर्न पनि दिएकै छ । मान्छेहरूको सम्पूर्ण डिटेल लिनुप¥यो, सहकारीबाट सम्पूर्ण डाटा ल्याएर एनालाईसिस गर्नु¥यो । यौ सबै गर्दाखेरि त्यस किसिमको दक्षता नभएको हो की रु सरकारले त्यस किसिमको दक्षतापूर्ण जनशक्ति त्यहाँ उपलब्ध नगराएको हो की रु सरकारले पनि यस किसिमको काम यहाँभन्दा अगाडी गरेको थिएन । यो सबै नभएको कारणले पनि समस्या नभएको होला ।’

उनले सहकारीबाट जनताको रकम अपचलन गर्नेहरूलाई कारबाहीको दायरमा ल्याएर छाड्ने बताए । सहकारीको रकम अपचलन गर्नेहरू राज्यको नोटिसमा रहेको उनको भनाई छ । उनले ठगहरूलाई कारबाही गर्न नसके पदमा नबस्ने पनि दाबी गरे ।

सहकारीको रकम अपचलन गर्नेहरूको संख्या करिब एक हजार हाराहारीमा रहेको उल्लेख गर्दै उनले तिनीहरूलाई पक्राउ गरी कारबाहीको दायरमा ल्याउन सके सहकारी समस्या हल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =