पार्टी विभाजन हुन नदिन काँग्रेस नेता भण्डारीसहितको दबाब अभियान सुरु

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा वकालत गरेका छन् ।

पार्टी निर्णय विपरीत महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशन आह्वान गरेपछि विभाजनको डिलमा पुगेको काँगेसलाई फुटबाट जोगाउने उद्देश्यका साथ शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता भण्डारीलगायतका नेताहरूले पार्टी एकताको पक्षमा केन्द्रित हुन संस्थापन पक्ष र इतर पक्ष दुवैलाई दबाब दिएका हुन् ।

काँग्रेसलाई मुलुकको नेतृत्व गर्ने शक्ति बनाउने गरी फुट हुन नदिनका लागि आफूहरू लागि परेको नेता भण्डारीले बताए । उनले भोलीबाट सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रूपमा लिएर पार्टी सभापति शेरबहादुर देउवालाई पनि सहभागी हुन आग्रह गरे । नेताहरूलाई एकताबद्ध हुनका लागि आग्रह गर्न आफूहरू लागि परेको बताए ।

नेता भण्डारीले भने ‘अहिले हामी पार्टी मिलाउने पक्षमा छौ । हामी पार्टीलाई फुट्न नदिने कित्तामा छौ । विशेष महाधिवेशनमा पार्टी सभापतिसहितका नेताहरू सहभागी हुनुपर्छ । मुलुकलाई सङ्कटबाट जोगाउन पनि काँग्रेसलाई फुटबाट जोगाउनु पर्छ ।’

काँग्रेस नेता डा। सुनिल शर्माले विशेष महाधिवेशनमा पार्टी सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरू पनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले सभापति देउवालाई सम्मानजनकरुपमा बिदाइ गर्न आफूहरूले चाहेको बताए ।

उनले भने ‘विशेष महाधिवेशनमा संस्थापन पक्षका नेताहरू पनि सहभागी हुनुहुनेछ । पार्टी सभापति देउवाको सम्मानजनक बिदाइको पक्षमा छौ । पार्टी एकताको पक्षमा हामी छौ ।’
नेता शर्माले डा। शेखर कोइराला पनि पार्टी एकताको पक्षमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =