सडक दुर्घटना न्यूनीकरणका लागि जिम्मेवारी बोध गरौँ: सुनिता डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले जिम्मेवारीवोध गर्न जरुरी रहेको बताएकी छन् ।

शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्यूनीकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सडक दुर्घटनाका कारण बर्सेनि २ हजार बढीले ज्यान गुमाइरहेको भन्दै यसबारे चालक, पैदल यात्री, अभिभावक सबै जिम्मेवार हुनुपर्ने बताइन् ।

आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको संख्या २ हजार ३ सय ६९ जनाको ज्यान गएको र आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ जनाको ज्यान गएको बताइन् । सडक दुर्घटना घटाउने प्रतिबद्धता जनाए पनि बर्सेनि दुर्घटना बढिरहेको बताइन् ।

उनले भनिन् ‘हामी सबैको जिम्मेवारी हो । बालबालिकादेखि, ज्येष्ठ नागरिकसम्म सबै क्षेत्रका नागरिकले ट्राफिक नियमको पालना गर्नुपर्छ । आर्थिक वर्ष २०८०–०८१ मा सडक दुर्घटनाको कारणले गर्दा मृत्यु हुनेको स्ंख्या २ हजार ३ सय ६९ छ । आर्थिक वर्ष २०८१–०८२ मा सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या २ हजार ५ सय ४६ रहेको छ । हामीले दुर्घटना घटाउँछौँ भनिरहेका छौँ तर तथ्याङ्कले भने बढेको देखाइरहेको छ । सडक दुर्घटना घटाउन हामी सबै लाग्नुपर्छ । यसमा हामीले जिम्मेवारी लिन सके दुर्घटना न्यूनीकरण हुँदै जान्छ ।’

उपप्रमुख डंगोलले टिप्पर ड्राइभरले लापरबाही गरेर सवारीसाधन चलाइरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =