कांग्रेसमा संकटः देउवाको आश्वासन–‘पार्टी फुट्न दिन्नँ, मिलाउँछु’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्यहरूसँग आज आफ्नै निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धता जनाएका हुन् ।

नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापतिलाई आग्रह गरेका थिए । भेटमा सहभागी नेताहरूमा धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ र राजु पंगेनीलगायत थिए ।

उनिहरुसँगको भेटमा सभापति देउवाले पार्टी नफुट्ने र एकताबद्ध रहने आश्वासन दिएका थिए । ‘वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेसलाई एकढिक्का बनाएर संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत अघि बढ्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

सभापतिले पार्टीमा विभाजन हुन नदिने र सबैसँग कुराकानी गरेर मिलाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद चर्किएको छ । यो मतभेद फुटसम्म पुग्न सक्छ भन्ने चर्चा चलिरहेको बेला नेविसंघ नेताहरूको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अधिकांश संस्थापन पक्षको विरोधका बाबजुद पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विधान कार्यान्वयन गर्न भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =