दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ भइरहेको छ ।

प्रसाईंसहित उनकी श्रीमती उमा प्रसाईं, छोरा नीराजन प्रसाईं र छोरी आर्जु प्रसाईंलाई विपक्षी बनाइएको यो मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको संयुक्त इजलासमा पेश भएको छ ।

नेपाल राष्ट्र बैंकको पत्राचारपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो माग दाबी गर्दै कैद, जरिवाना तथा पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग गरेको छ ।

मुद्दामा प्रसाईंमाथि राउन्ड ट्रिपिङ, स्वार्थ बाझिने कारोबार तथा शंकास्पद बैंकिङ कारोबार गरेको आरोप लागेको छ । यसअघि जिल्ला अदालत काठमाडौंले उनलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

उच्च अदालतमा यो मुद्दाको सुनुवाइ जारी रहँदा प्रसाईं पक्षले धरौटी रकम घटाउने वा थुनामुक्तिको माग गर्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =