गृहमन्त्रीसँग विश्व हिन्दू महासङ्घका प्रतिनिधिको भेट

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विश्व हिन्दू महासङ्घका अध्यक्ष अस्मिता भण्डारीलगायत संस्थाका प्रतिनिधिले भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आज भेट गर्दै उनिहरुले धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराए ।

मन्त्रालयमा भएको भेटमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक र बहुजातिय देशमा धार्मिक अशान्ति फैलिने किसिमका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री अर्यालले देशमा शान्ति तथा अमनचयन कायम गर्न र एक अर्काको धार्मिक आस्था तथा विश्वासलाई स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सङ्घ संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।

छलफलका क्रममा उनले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाको नागरिकस्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबर विरुद्ध सामाजिकस्तरमा नै सचेतना फैलाएर समाजमा सामाजिक तथा धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =