सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी छ : धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सबैलाई एकतावद्ध गरेर लैजानेबारे छलफल जारी रहेको बताएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको सन्दर्भमा केन्द्रिय कार्यसम्पादन समितिले भने नियमित महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

पुस २६ गतेदेखि महामन्त्रीद्वयले बोलाउनुभएको विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे सबैलाई मिलाएर लैजानेबारेमा छलफल चलिरहेको उपसभापति गुरुङले बताए । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै रहेको बताए । ‘कहीँ न कहीँबाट सबैलाई मिलाएर लैजाने कुरामा हाम्रो छलफल भएको छ । सबै कुरा मिलाएर लैजाने कुरा भएको छ । सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो । पार्टीलाई झगडा हुने ठाउँमा नपु¥याऔँ । पार्टी एकतावद्ध भएर अघि बढ्नुपर्छ । अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर जाने कुरामा आश गरौँ’ उनले भने ।

उपसभापति गुरुङले पार्टीमा गरेको त्याग र बलिदानलाई सम्झिएर एक हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − twelve =