निधिमाथि दुर्व्यवहारको विरोधमा जनकपुरमा गगन थापाको पुतला दहन

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवमाथि काठमाडौंमा भएको दुव्र्यवहारको विरोधमा कांग्रेस कार्यकर्ताहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले जनकपुरको पिडारी चोकमा चक्काजाम गरेका थिए भने भानुचोकमा कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुतला दहन गरेका छन् ।

प्रदर्शनमा मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झा, प्रदेश सांसद सञ्जय महतोसहित कांग्रेस, नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।

कांग्रेस युवा नेता राकेश विक्रम साहले नेता निधिमाथि भएको दुव्र्यवहार निन्दनीय रहेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

उनले मधेशबिना कांग्रेसको अस्तित्व सम्भव नभएको उल्लेख गर्दै पछिल्लो समय मधेशका नेताहरूमाथि पटक–पटक दुव्र्यवहार हुने गरेको आरोप लगाए ।

‘कहिले सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार हुन्छ, कहिले विमलेन्द्र निधिजस्ता वरिष्ठ नेतामाथि दुव्र्यवहार गरिन्छ,’ साहले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + ten =