एमालेले बोलायो सचिवालय बैठक, एजेण्डामा निर्वाचन रणनीतिदेखि केन्द्रीय कमिटीको तयारीसम्म
२०८२ पुस २२ गते

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ९ बजे बैठक बोलाइएको हो ।
मुलुकको बदलिँदो राजनीतिक समीकरण र पार्टीको आन्तरिक जीवनका महत्त्वपूर्ण विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । एमाले सचिव भानुभक्त ढकालका अनुसार, आजको बैठकमा मुख्यतया समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरिनेछ । यसका साथै, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विषयमा पनि रणनीति तय गरिने बुझिएको छ ।
आगामी पुस २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नु पनि आजको बैठकको मुख्य उद्देश्य रहेको छ । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको तयारी र प्रस्तावहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ ।
२०८२ पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित








