चालिस वर्षीय पुनम कलि बनिन् यो वर्षको ‘मिस हात्ती’ (तस्बिरहरू)

सौराहा। हात्ती सुन्दरी प्रतियोगितामा २५० अंक सहित ४० वर्ष कि पुनम कलिले उपाधि जितेकी छन् । उपाधिसँगै उनले १५ हजार नगद पुरस्कार समेत जितेकी छन् ।
पौष ११ गतेदेखि सौराहामा क्षेत्रीय होटेल संघ चितवनको आयोजनामा १९ औँ हात्ती तथा पर्यटन महोत्सव २०८२ भएको हो ।
हात्ती तथा पर्यटन महोत्सव २०८२ को आज दोस्रो दिन हो ।
पाँच वटा हात्तीहरू पुनम कलि (४० वर्ष), सेल्फी कलि (२० वर्ष), चक्पा कलि (३५ वर्ष), पूजा कलि (४० वर्ष) र समृद्धि कलि (२६ वर्ष) सहभागी प्रतियोगितामा २५० अंक सहित पुनम कलि उपाधि जित्न सफल भएकी हुन् ।
प्रतियोगितामा सहभागी पाँच हात्तीहरू, समृद्धि कलिले २१६ अंक, पूजा कलिले २०९ अंक, चम्पा कलिले २२४ अंक, सेल्फी कलिले २३५ र पुनम कलिले २५० अंक प्राप्त गरेकी छन् ।
प्रतियोगितामा २३५ अंक सहित फर्स्ट रनरअप बनेकी सेल्फी कलि र २२४ अंक सहित सेकेन्ड रनरअप बनेकी चम्पा कलिले क्रमशः नगद १० हजार र ५ हजार नगद प्राप्त गरेकी छन् ।
प्रतियोगितामा हात्तीको सजावट, हिँडाई, स्वास्थ्य अवस्था, आज्ञाकारिता जस्ता विषयमा आधारित भएर नम्बर प्रदान गरिएको थियो ।
हेर्नुहोस् तस्बिरहरू:









