चितवनको तोरीबारीमा फक्रिएको सौन्दर्य (तस्बिरहरू)

सौराहा । यतिबेला चितवनको फाँटले पहेँलो पछ्यौरी ओढेको भान हुन्छ । जता हेर्यो उतै ढकमक्क फूलेको तोरीले यहाँको प्राकृतिक सौन्दर्यमा नयाँ आयाम थपेको छ । हिउँदको चिसो बढ्दै जाँदा चितवनका खेतीयोग्य जमिन भने पहेँलपुर भएर मनमोहक देखिएका छन् ।

पहेँलपुर तोरीबारीलाई पृष्ठभूमिमा राखेर तस्बिर कैद गर्न चाहने सौखिनहरूको जमात पनि बाक्लै देखिन थालेको छ । सडकका छेउकुना र बारीका कान्लाहरूमा उभिएर प्रकृतिको यो छटामा रम्ने तथा तस्बिर खिचाउने मानिसहरूका कारण यहाँको वातावरण नै उल्लासमय बनेको छ ।

पहेँला फूलहरूमा भुनभुनाउने मौरी र भमराहरूको गुञ्जनले गाउँघरलाई थप जीवन्त बनाएको छ । फूलको रस चुस्दै गरेका मौरी र भमराको दृश्यले यहाँको कृषि र प्रकृतिको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्छ ।

सौन्दर्य मात्र होइन, यो खेती यहाँको आर्थिक मेरुदण्ड पनि हो । तेलहन बालीअन्तर्गत पर्ने तोरी खेती यहाँका किसानको मुख्य रोजाइमा पर्ने गरेको छ । यहाँ लगाइने तेलहन बालीमध्ये करिब ९० प्रतिशत हिस्सा तोरीले नै ओगटेको पाइन्छ । तेल उत्पादनका हिसाबले चितवन देशकै अग्रणी जिल्लाहरूमध्ये एक हो ।

तस्बिरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =