२० औँ राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिप २०२५ सुरु (तस्बिरहरू)

काठमाडौँ। नेपाल साइक्लिङ संघको आयोजनामा आज (पौष ४) देखि गोकर्णेश्वरको यज्ञडोल (जगडोल) सामुदायिक बनमा २० औँ नेपाल राष्ट्रिय माउन्टेनबाइक च्याम्पियनसिप २०२५ सुरु भएको छ ।
पौष ५ गतेसम्म (दुई दिन) चल्ने प्रतियोगितामा पहिलो दिन अर्थात् आज क्रसकन्ट्री विधाका खेलहरू हुँदैछन् ।
यस विधा अन्तरगत ४ किलोमिटरको ट्र्याकमा ४ ल्याप खेल सञ्चालन हुनेछ । यही ट्र्याकमा सन् २०१९ को साउथ एसियन गेम समेत सञ्चालन गरिएको थियो ।
क्रसकन्ट्री विधामा एलाइट म्यान क्याटोगोरीमा १६ जना, एलाइट वोम्यान क्याटोगोरीमा ८ जना, बोइज जुनियर क्याटोगोरीमा ५ जना, म्यान मास्टर क्याटोगोरीमा १० जना र बोइज यूथ क्याटोगोरीमा १० जना गरी कुल ४९ जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको दोस्रो दिन पौष ५ गते डाउनहिल विधाका खेलहरू हुनेछन् ।
प्रतियोगिताको विजयी खेलाडीहरूलाई पौष ५ गते पुरस्कार वितरण गरिने छ ।
हेर्नुहोस् तस्बिरहरू:









