महाधिवेशन

एमाले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति पाए मत ? (सूचिसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

एमाले अध्यक्षमा केपी ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । ओलीले १६ सय ६३ मत पाएर अध्यक्ष चुनिँदा अर्का प्रत्याशी ईश्वर पोखरेलले ५६४ मत पाए । ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका छन् ।

त्यस्तै महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् । उनले अर्को उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गरे । पोखरेलले १२ सय २८ मत पाए भने अर्को उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन् ।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत, शेरधन राईले १५०३ मत, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका छन् ।

यस्तै केन्द्रीय सदस्यमा पनि ओली निकट नेताहरु निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =