संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छ : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताएका छन् ।
संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो ।
आईतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताए ।
सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताए ।
उनले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राखे ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कर्महरुलाई उत्प्रेरित हुने खालको व्यवस्था गरेर अघि बढ्नुपर्ने समेत बताए ।








