एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छ: सचिव अर्याल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको बताएकी छन् ।

नेपाल आर्थिक पत्रकार संघ ९नाफिज०को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन् ।

समग्र पत्रकारिता नै गम्भीर मोडमा रहेको उनको भनाइ छ । एआईले पत्रकारिता कहाँ पुर्याउने हो भन्ने अनिश्चितता बढाएको बताइन् ।

एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको उनको भनाइ छ । पत्रकारिता क्षेत्रलाई भरपर्दो र विश्वासिलो बनाउन आवश्यक रहेकाले पत्रकारहरूलाई यसमा ध्यान दिन आग्रह गरे ।

उनले भने ‘समग्र पत्रकारिता क्षेत्र गम्भीर मोडमा रहेको छ । एआईले पत्रकारिता कहाँ पुर्याउने भन्ने अनिश्चितता बढाएको छ । एआईले गर्दा समाचारको कन्टेनको मूल्य र मान्यता मरेको छ ।’

पत्रकारिताको सकारात्मक कदममा सरकार सधैँ साथमा रहेको उल्लेख गर्दै सचिव अर्यालले सकारात्मक कदमका लागि सरकारले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =