वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य : सुमना श्रेष्ठ
२०८२ मंसिर १७ गते

काठमाडौं । पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएकी छन् ।
रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
जेनजी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसि सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन् ।
उनले आफू वैकल्पिक शक्तिहरुलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताइन् । उनले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिइन् ।
२०८२ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








