एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ(एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गरेका छन् ।

आईतवार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताएका हुन् । उनले एनआरएनएका अभियन्ताहरु राजनितिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए ।

स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाई छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनितिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।

उनले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 10 =