नेकपामा नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने काम नगरौं : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताएका छन् ।
शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले खेलेका भुमिकाहरुको एकीकृत रुपमा प्रचार गर्नुपर्ने सहसंयोजक नेपालको भनाई थियो ।
उनले विगतमा आफूहरु सरकारको नेतृत्वमा रहँदा केही गरेन भन्नेहरुको पनि खण्डन गर्न पार्टी नेता, कार्यकर्तालाई सचेत गराए ।
विगतमा हामीले खेलेका महत्वपूर्ण भुमिकाहरु प्रचार गरेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्दै सहसंयोजक नेपालले अहिले पनि मुलुकलाई संकटबाट जोगाउन महत्वपूर्ण भुमिका खेल्ने पार्टी नेपाली कम्युनिष्ट पार्टी नै जिकिर गरे ।
सहसंयोजक नेपालले भदौ २३ र २४ को घटनापछि मुलुकमा उत्पन्न संकट समाधान गर्न र मुलुकलाई निर्वाचनमा लैजाने वातावरण बनाउन आफू र पुष्पकमल दाहालले महत्वपूर्ण भुमिका खेलेको दाबी गरे ।








