जिलीको EX5 EV सिरिज: किफायती मूल्य र उन्नत प्रविधिसँग प्रवेश (तस्बिरहरू)

काठमाडौँ । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ प्रतिस्पर्धा थप्दै चीनको जिली अटो होल्डिङ ग्रुपले उत्पादन गरेको २०२५ मोडल ‘जिली EX5 EV सिरिज’ नेपाल भित्रिएको छ ।

आधिकारिक आयातकर्ता एलआरआर मोटर्सले नाडा अटो सो २०२५ मा पहिलोपटक जिली EX5 Pro र EX5 Max गरी दुई मोडल सार्वजनिक गरेको थियो । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टर्क्वोइज ग्रिन गरी पाँच रंगमा उपलब्ध छन् ।

कम्पनीका अनुसार दुवै मोडलमा ६०.२ किलोवाट क्षमताको LFP सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ, जसले पानी, आगो र गोली प्रतिरोधी परीक्षणसहित आठ निडल टेस्ट पास गरेको दाबी छ । यो ब्याट्री ३५ सय चार्ज साइकल अर्थात् करिब १० लाख किलोमिटर वा ५० वर्षसम्म टिक्ने बताइएको छ । सिएलटिसी मापनमा ५३० किलोमिटर र डब्लुएलटीपी मापनमा ४३० किलोमिटर रेन्ज उपलब्ध हुने भएकाले नेपालको भौगोलिक बनावटका लागि यो पर्याप्त मानिएको छ ।

जिली EX5 सिरिजमा १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटर राखिएको छ, जसले ० देखि १०० किलोमिटर–प्रतिघण्टा वेग लिन ६.९ सेकेन्ड मात्र लाग्ने कम्पनीको दाबी छ । आधुनिक एरोडायनामिक प्रोफाइलमा तयार पारिएको यसको बाहिरी स्वरूपमा एलइडी हेडलाइट, टेललाइट र आकर्षक फ्रन्ट ग्रिल छन् । भित्री भागमा १५.४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १०.२ इन्चको डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, भ्वाइस कमान्ड, प्यानोरामिक सनरुफ र पाँच तहको सिट प्रविधि जडान गरिएको छ ।

EX5 Max मा हेड–अप डिस्प्ले, हीटेड, भेन्टिलेटेड र मसाज सिट तथा प्रिमियम अडियो सिस्टमसमेत उपलब्ध छन् । सुरक्षाका लागि दुवै मोडलमा ६ एयरब्याग, ABS, EBD, ESC, AEB, ब्लाइन्ड–स्पट मोनिटरिङ र हिल असिस्टसमेत समावेश गरिएको छ । जिलीले आफ्नै विकसित स्मार्ट ककपिट ‘ATHM Auto OS’ प्रयोग गरेको छ, जसले OTA अपडेटसहित एपमार्फत गाडी नियन्त्रण गर्ने सुविधा दिन्छ ।

नेपाली बजारका लागि EX5 Pro को मूल्य ५८ लाख रुपैयाँ र EX5 Max को ६८ लाख रुपैयाँ तोकिएको छ । आकर्षक मूल्य, अत्याधुनिक प्रविधि र लामो रेन्जका कारण जिली EX5 सिरिज नेपाली ईभी बजारमा बलियो प्रतिस्पर्धी बन्ने कम्पनीको विश्वास छ ।

हेर्नुहोस् तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =