काठमाडौँमा एमालेको जनप्रदर्शन, ओलीसहितका नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । विघटित प्रतिनिधि सभा पुनः स्थापनाको मागसहित सडक संघर्षमा होमिएको नेकपा (एमाले) ले काठमाडौँमा वृहत् जनसभा आयोजना गरेको छ ।

शनिवार काठमाडौँको भृकुटीमण्डपमा संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी भन्ने मूलनाराका साथ सो सभा आयोजना गरिएको हो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले सम्बोधन गर्ने नेता पार्वत गुरुङले जानकारी दिए ।

सभामा अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेले असंवैधानिक रूपमा गठन भएको वर्तमान सरकारको मनसाय नै निर्वाचन गराउने नरहेको जिकिर गर्दै त्यसका विरुद्ध वडा तहदेखि नै जनपरिचालनको कामलाई अघि बढाएको छ ।

उसले यही मङ्सिर २७, २८ र २९ गते आयोजना गरिएको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीको कामलाई पनि एकसाथ अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =