बाराका सिडिओबाट जेनजी युवासँग वार्ताका लागि आह्वान

काठमाडौं । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेनजी युवाहरूसँग संवादका लागि वार्तामा बस्न आह्वान गरेका छन् ।

प्रजिअ मिश्रले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी समस्याको समाधान वार्ताबाटै गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले संवादको माध्यमबाट स्थिति समाधान गर्ने विश्वास व्यक्त गर्दै उपाध्यायलाई वार्ता गर्न आह्वान गरेका हुन् ।

जेनजी अगुवा सम्राट उपाध्यायले संवादबाटै समाधान खोज्नुपर्छ भनेर प्रजिअले फोन गरेको बताए । ‘उहाँले हामीलाई जिल्ला प्रशासन कार्यालयमा बोलाउनुभएको थियो, तर हामी त्यहाँ जान सक्ने अवस्था छैन । तपाईंहरू यहाँ आउनुहोस् भनेका छौं’ उनले भने ।

प्रहरीको लाठीचार्जबाट धेरै जेनजी घाइते भएका उनले बताए । प्रदर्शनकारीहरूले भने इलाका प्रहरी कार्यालय सिमरामा वार्ता गर्नुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =