दल दर्ताका लागि निवेदन दिँदै प्रेम सुवालले भने- मुलुकले निर्वाचनबाटै निकास पाउँछ

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सोमवार काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर सो पार्टीका प्रेम सुवालगायतका नेताहरूले दल दर्ताका लागि निवेदन पेस गरेका हुन् ।

त्यसक्रममा नेता सुवालले सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि आफूले पनि निर्वाचन आयोगमा निवेदन दिएको बताए ।

उनले तत्कालका लागि मुलुकलाई निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको समेत बताए । तत्काललाई निर्वाचनमार्फत नै मुलुकलाई निकास दिन उपयुक्त हुने नेता सुवालको निष्कर्ष थियो ।

उनले भने ‘निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको हुनाले त्यसका लागि हामी हामी आएका हौ । यो प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनको प्रयोजनको लागि हो । अहिले तत्काललाई निर्वाचनबाटै निकास आउँछ । जनताको अभिमत लिएर जानु नै उपयुक्त हुन्छ । अरू उपाय छैन तत्काललाई ।’

नेता सुवालले वर्तमान सरकार निर्वाचन गराउने प्रयोजनका लागि बनेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + fifteen =