बाबुरामको चिन्ता- नेपाल इतिहासकै कमजोर अवस्थामा, अब पनि नसुध्रिए इतिहासले कसैलाई क्षमा दिनेछैन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपालीको वर्तमान अवस्थालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाल राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति र समग्र मनोबल नै इतिहासकै सबैभन्दा कमजोर, अस्थिर र अन्योलपूर्ण अवस्थामा रहेको भयावह चित्र प्रस्तुत गरेका छन् ।

डा. भट्टराईले आफ्नो विचारमा नेपाल अहिले ‘घरमा आगो लागेको’ अवस्थामा रहेको प्रतीकात्मक टिप्पणी गर्दै यस्तो संकटपूर्ण घडीमा ‘को ठूलो कोठामा सुत्ने’ वा ‘कसले ठूलो भाग खाने’ भनेर झगडा र आरोप-प्रत्यारोपमा अल्झिने बेला नभएको स्पष्ट पारेका छन् । बरु, सबै मिलेर यो ‘आगो निभाउनु’ पर्ने र नयाँ एवं अझ सुन्दर ‘घर बनाउने’ संकल्प गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

उनले देशको यो गम्भीर मोडमा सबै सरोकारवालालाई आत्मसमीक्षा गर्न आग्रह गर्दै यदि समयमै गम्भीर आत्मसमीक्षा गर्न नसके इतिहासले कसैलाई पनि क्षमा नदिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =