बेइजिङ्गमा एमएडब्लू वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’

काठमाडौँ । एमएडब्लू वृद्धिले फोटोन कमर्शियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन अवार्ड’ प्राप्त गरेको छ ।

यो सम्मान बेइजिङ्गमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो ।

१४० भन्दा बढी देशहरूको सहभागिता रहेको कार्यक्रममा प्राप्त यो अवार्ड नेपालका लागि गर्वको विषय बनेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फोटोनको लागि आजको दिनमा नेपाल विश्वव्यापी रूपमा प्रमुख ईभी बजारमध्ये एक हो, अहिले नेपालको कमर्शियल इभी क्षेत्रमा फोटोन
दोस्रो स्थानमा पुगिसकेको छ जुन तथ्य नेपालको दिगो यातायाततर्फको प्रगतिको सूचक हो ।

फोटोन मोटरका उपाध्यक्ष किन झिडोङ्गले प्रदान गरेको यो अवार्ड एमएडब्लू वृद्धिका म्यानेजिङ डाइरेक्टर विवेक सिकरियाले ग्रहण गरेका थिए ।

यो उपलब्धि नेपालमा फोटोनको सफलतामा योगदान गर्ने सबै कर्मचारी, साझेदार र सहयोगीहरूको मेहनत, समर्पण र साझा लक्ष्यको परिणाम भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =