सबै दलहरूले मिलेर मुलुकलाई निकास दिनुपर्छ: प्रकाशमान सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूले मिलेर मुलुकलाई संकटबाट पार लगाउनुपर्ने बताएका छन् ।

गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि आएको संकट समाधानका लागि सबै दलहरूले एकताबद्ध भएर काम गर्ने बेला आएको बताएका हुन् ।

नेता सिंहले काँग्रेसले विगतमा पनि संकटमा बेला मुलुकलाई निकास दिन भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले पनि त्यो भूमिका उभिनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने ‘यो पर्सनल प्रपर्टी र नेश्नल प्रपर्टी जसरी यसले अट्याक गरेको छ । यो राम्रो संकेत होइन । अब हामी कसरी अघि बढ्ने भन्ने कुरा हो । यसमा पुराना दलहरू यसमा पनि नेपाली काँग्रेस विशेष रूपमा हाम्रो जिम्मेवारी भनेको नेशन क्राईसेसमा पर्दा जहिले पनि नेपाली काँग्रेसकै नेतृत्वमा वे आउट वा मुलुकलाई निकास दिन विगतमा क्राईसेस आउँदा पनि काँग्रेसले भूमिका खेलेको छ । अहिले पनि यो क्राईसेसलाई पार लगाउनका लागि नेपाली काँग्रेसको भनाई के हो भन्दाखेरि काँग्रेस एकताबद्ध हुनैपर्यो । अरू दलहरूले पनि राष्ट्रियतामाथि आएको जुन संकट छ, लोकतन्त्रमाथि आएको जुन संकट छ । त्यसलाई पार लगाउनका लागि सबैले मिलेर काम गर्नुपर्छ भन्ने हामी सबैले ध्यान दिनुछ ।’

नेता सिंहले जेनजी आन्दोलनमा राष्ट्रिय तथा व्यक्तिगत सम्पत्ति माथि भएको आक्रमण सह्य नभएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =