नेपाल ट्रष्टका पूर्व सह-सचिव कार्की पक्राउ

काठमाडौँ । नेपाल ट्रष्टका पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल ट्रष्टका नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, सम्झौतामा सूचनामा उल्लेख भएको कित्ता नं. ४६०६ बाहेक अर्को कित्ता नं. ४६०५ समेत थप गरी बिना सञ्चालक समितिको निर्णय मोडेलमा तीन वर्षको निर्माण अवधि र ३० वर्षको लिज सम्झौता गरिएको पाइएको छ ।

हाल ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − twelve =