ऐतिहासिक ब्रह्मा मन्दिरको समुद्घाटन (तस्बिरहरू)

काठमाडौँ । छैटौँ शताब्दीको ऐतिहासिक ब्रह्मा मन्दिरको पुनः निर्माण सम्पन्न भई समुद्घाटन गरिएको छ ।

शुक्रवार मध्यान्ह काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा।स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

यो मन्दिर काठमाडौँ महानगरपालिका वडा नम्बर ८ जयवागेश्वरी गायत्री मार्गमा अवस्थित १९९० सालअघि नै भग्नावशेषको रूपमा रहेको थियो । छैटौँ शताब्दीको ऐतिहासिक व्रम्हा मन्दिर अहिले काठमाडौँ महानगरपालिकाले पुनः निर्माण सम्पन्न गरेको हो ।

केही दिनअघि मात्रै छैटौँ शताब्दीमा बनेको ऐतिहासिक ब्रह्माको मूर्ति मन्दिरमा पुनः स्थापना गरिएको थियो । उक्त ऐतिहासिक मूर्ति ४० वर्षदेखि गौशला प्रहरी वृत्तमा रहेको थियो ।

हेर्नुहोस् तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =