राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् ।

सोमबार बिहान शीतल निवासमा करिब एक घण्टा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले राजनीतिक स्थिरताको आवश्यकता औंल्याउँदै कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन संसद्को भूमिका थप सशक्त हुनुपर्नेमा जोड दिएका थिए ।

यस्तै, बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सबै राजनीतिक दल र सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलको भनाइ रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =