सहिद घोषणा गरिएका ४५ जनाको नाम सार्वजनिक (सूचीसहित)
२०८२ कार्तिक १७ गते

फाइल तस्बिर
काठमाण्डौँ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्दै नाम सार्वजनिक गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
भदौ २३ र २४ गते देशभर चलेको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए । तीमध्ये सरकारले ४५ जनाको नाम सहिद सूचीमा समावेश गरेको हो ।
सहिद घोषणा भएका व्यक्तिहरूको नाम सार्वजनिक सूचीमा समावेश गरी परिवारलाई कानुनबमोजिमका सुविधा र राहत प्रदान गरिनेछ ।
सरकारले बाँकी ३१ जनाको घटनाबारे थप छानबिन र तथ्य संकलनपछि दोस्रो चरणमा निर्णय गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
२०८२ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








