काठमाडौंमा काँग्रेस संस्थापन पक्षधर नेताहरूको भेला
२०८२ कार्तिक १७ गते

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन पक्षधर नेताहरू छुट्टै भेला भएका छन् ।
सोमवार मध्यान्ह काठमाडौंस्थित एक होटलमा संस्थापन पक्षधर नेताहरू भेला भएका हुन् । भेलामा कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरू छन् ।
अहिले ५४ प्रतिशत १४ औं महाधिवेशन सदस्यहरूले नियमित महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन् । त्यस्तै संस्थापन पक्षधर नेताहरू भने वैशाखतिर मात्रै महाधिवेशन गर्नुपर्ने र अहिले निर्वाचनमा लाग्नुपर्ने बताउँदै आएका छन् ।
तर हस्ताक्षर कर्ताहरूले नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग राख्दै आएका छन् । बैठकमा वीरबहादुर बलायर, नगिना यादव, सीता गुरुङ लगायतका नेताहरू रहेका छन् ।
२०८२ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








