एमालेले घोषणा गर्यो ‘यूथ भोलेन्टियर फोर्स’

काठमाडौँ । नेकपा एमालेले यूथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा उक्त सङ्गठनको घोषण भएको हो ।

तत्कालका लागि सङ्गठनको संयोजक एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलाई तोकिएको छ । फोर्स घोषणा कार्यक्रममा नेता बस्नेतले एमालेले जनतासँग मिलेर इमानदारिताका साथ समृद्ध नेपाल बनाउने बताए ।

अभियन्ताका नाममा समाज बिथोल्ने पात्रहरूको जन्म भएको उनको आरोप छ । समाज बिथोल्ने तत्त्वहरूलाई यूथ भोलेन्टियर फोर्सले तह लगाउने उनको चेतावनी छ ।

उनले भने ‘हामीले बढो क्रान्तिकारी भाषण गरेर ढुङ्गा हान्दैनौ टायर बाल्दैनौ, चक्का जाम गर्दैनौ, अब समृद्ध नेपाल बनाउँछौ भयौँ, हामीले इमानदारिताका साथ काम त ग¥यौ तर जनतासँगको लिङ्क हाम्रो टुट्यो । त्यही भएर जनताले रवी लामिछाने खोज्यो, त्यही भएर बालेन खोज्यो, त्यही भएर अभियन्ताका नाममा अनेक खालका कुपात्र समाजले खोज्यो । अब यी पलाएका टुसाहरू जनताले भाँच्न थालेका छन् बालेन साहरुपी लुसीफरको सिंग जनताले भाँचेका छन् । हिजो बेलुकाको जी खाएर फू फू गर्दै अमेरिका फू, इन्डिया फू, चीन फू, एमाले फू, काँग्रेस फू, माओवादी फू, राप्रपा फू, रास्वपा फू भन्दै जनताले अब बालेन फू फू फू भन्दै बालनेलाई स्वाहा गर्देका छन् । अब यस्ता खाल्का टुसाहरू भाँच्ने काम यूथ भोलेन्टियर फोर्सले गर्ने छ ।’

जेन–जीका नाममा विध्वंस मच्चाइएको भन्दै नेता बस्नेतले नेपालीहरूले सिंहदरबार जलाउन नसक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =