हामीले भाग लिन नपाए निर्वाचन हुँदैन: रेशम चौधरी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशललाल चौधरीले आफूले भाग लिन नपाए मुलुकमा निर्वाचन नहुने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले लक्ष्मण थारु, धनिराम थारु, आफूले निर्वाचनमा भाग लिन नपाउने त्यस्तो चुनाव हुन नदिने चेतावनी दिएका हुन् ।
संरक्षक चौधरीले आफूहरू थारु समुदायको विद्रोहको प्रतिनिधि भएकाले कसैले पनि निर्वाचनमा भाग लिन रोक्न नहुने जिकिर समेत गरे । उनले कुनैपनि समुदायको विद्रोहलाई पन्छाएर निर्वाचन हुनै नसक्ने पनि बताए ।
संरक्षक चौधरीले भने ‘अहिले चुनाव लड्न दिन्न भन्छन् । पुरुषोत्तम यादवजीले भन्नुभयो । नेता हुन्न दिन्न भन्छन् । देश परिवर्तन गर्ने हामी । संविधानमा अधिकार ल्याउनुपर्छ भनेर लड्ने हामी । कलम चलाउनेले फैसला गरिदिने रु अनि त्यो फैसलालाई हामीले मानिदिनुपर्ने रु रेशम थारु, लक्ष्मण थारु, धनिराम थारुले यो चुनावमा भाग लिन पाएन भने म यस मञ्चबाट भन्छु–फेरि यो देशमा चुनाव हुँदैन । के को चुनाव हुन्छ रु सिङ्गो समुदायको विद्रोहलाई पन्छाएर चुनाव हुन्छ रु’
संरक्षक चौधरीले जेन–जी आन्दोलन आम नागरिकको विद्रोह भएको दाबी समेत गरे ।








