जेनजी हुँ’भन्दै शिक्षकको धम्की, अध्यक्षले दिए उजुरी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थित सिद्धवती माविका शिक्षक युवराज कार्कीले आफूलाई ‘जेनजी’ भन्दै ज्यानै मार्ने धम्की दिएको आरोपमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले जिल्ला प्रशासन कार्यालय उदयपुर र त्रियुगा नगरपालिकामा उजुरी दर्ता गराएका छन् । अध्यक्ष राईले शिक्षक कार्कीलाई तत्काल कारबाहीको माग गरेका छन् ।

गाउँपालिका अध्यक्ष राईका अनुसार, शिक्षक कार्कीले उनलाई फोनमा अपशब्द प्रयोग गर्दै कुटपिट गर्ने र ज्यान मार्ने धम्की दिएका थिए । ‘कार्कीले राति फोन गरेर एक्कासि जहाँ भेट्यो त्यहीँ कुट्छु भन्दै गालीगलौज र अपशब्द प्रयोग गरे,’ अध्यक्ष राईले बताए, ‘कुट्ने र मार्नेसम्मको धम्की दिएपछि मैले प्रशासनमा उजुरी दिएको हुँ ।’

उनले गाउँपालिकाको आधिकारिक लेटरप्याड प्रयोग गरी शिक्षक कार्कीमाथि कारबाहीका लागि अनुरोध गरेका छन् ।

यता, शिक्षक युवराज कार्कीले भने गाउँपालिका अध्यक्ष राईको आरोप निराधार रहेको दाबी गरेका छन् । कार्कीका अनुसार, दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ पंचमी बजारमा रहेको नागरिक आरोग्य सेवा केन्द्रमा कार्यरत आयुर्वेद वैद्य पदका एक कर्मचारीलाई हटाएर अध्यक्ष राईले आफ्नो मान्छे नियुक्ति गर्न लागेको जानकारी पाएपछि आफूले अध्यक्षलाई यस्तो नगर्न सुझाव दिएको बताए । कार्कीले अध्यक्ष राईले यस विषयलाई विषयान्तर गरी गाउँपालिकाको लेटरप्याड दुरुपयोग गर्दै आफूलाई कारबाहीको धम्की दिएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =